गण्डकीमा जनमोर्चाबाट बराल र बास्कोटाको उम्मेदवारी

गण्डकी, पुस २३-

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट शङ्कर बराल र लक्ष्मी बास्कोटाले उम्मेदवारी दिनुभएको छ । पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उहाँहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

निर्वाचनका लागि महिला क्लष्टरबाट बास्कोटाले र अन्य क्लष्टरबाट बरालले उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्तापछि बरालले जनमोर्चाले अन्य दलसँग गठबन्धन नगरेको बताउँदै आफ्ना मत सुरक्षित गर्न उम्मेदवारी दर्ता गरेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button