फिफा क्लव विश्वकपको लागि टिकट बिक्री सुरु

कतारमा यो वर्ष आयोजना हुने फिफा क्लव विश्वकपको लागि टिकट बिक्री सुरु भएको छ । पहिलो चरणमा टिकट भिसा कार्ड प्रयोगकर्ताका लागि आज दिउँसो २ बजे बाट सुरु भएको हो । टिकटको मूल्य २५ देखी ४०० रियाल बीच रहेको छ ।

टिकट खरिद गर्न यहाँ थिच्नुहोस ।
फिफाको वेबसाइट अनुसार दर्शकहरुले टिकट दुर्इ चरणमा खरिद गर्न सक्नेछन् ।
भिसा प्री सेल
भिसा कार्ड प्रयोगकर्ताहरुले टिकट आज दिउँसो २ बजे देखी अक्टोबर ३१ तारिक अपरान्ह् ३ बजे सम्म खरिद गर्न पाउने छन् ।
जो पहिले आए त्यही
दोस्रो चरणमा अन्तर्गत सर्वसाधारणका फिफाको वेबसाइटमा टिकट नोभेम्बर १४ देखी डिसेम्बर २१ तारिक सम्म अनलाइन बिक्रीका लागि राखिनेछ ।
टिकट वितरण
अनलाइनमार्फत सफल निवेदकले आफैले टिकट प्रिन्ट गर्नुपर्नेछ । डिसेम्बर बाट फिफाको टिकटखातामा गई टिकट प्रिन्ट गर्न सकिनेछ ।
वेबसाइट बाट सक्कली बाहेक इमेल , स्क्रिनसट जस्ता प्रिन्ट मान्य नहुने र यो खेल सुरु हुनु भन्दा अगावै प्रिन्ट भएँको हुनुपर्ने फिफाले बताएको छ । रंगशालामा टिकट प्रिन्ट गर्ने व्यवस्था भने हुनेछैन ।