कतारबाट हुने भनिएको पहिलो उडान पनि रद्द

दोहा बाट हुने भनिएको पहिलो उद्दार उडान पनि रद्द भएको छ । कतारस्थित नेपाली दूतावासले आज सूचना प्रकाशित गर्दै दोहाबाट काठमाण्डौका लागि १६ जुन २०२० मा नेपाल एयरलाइन्सको र १७ जुन २०२० मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले हुन नसक्ने जानकारी दिएको छ । यसअघि तयारी नपुगेको भन्दै विभिन्न देश बाट नेपालका लागि हुने भनिएको उडान रद्द भएको थियो ।

पहिलो उडानमा निर्वासन परेका र लकडाउनले रोकिएका शवहरु लैजाने तयारी गरिएको थियो । उक्त उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने दूतावासले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button