‘परदेशी–२’ कतारमा प्रदर्शन हुने

चलचित्र परदेशी–२ कतारमा प्रदर्शन हुने भएको छ । नोभेम्बर २३ देखि देशभरका सिनेमा हलहरुमा चलचित्र प्रदर्शन हुने वितरक सेभेन सिजले बताएको छ।
चलचित्रले नेपालमा राम्रो व्यापार गरिरहेको छ ।
चलचित्रमा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ। चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ।