आज नेपालको नवौं गणतन्त्र दिवस

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको नौ वर्ष पूरा भएको अवसरमा आज सोमबार नेपालमा गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।
विक्रम सम्वत् २०६५ साल जेठ १५ गते एतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघिय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो ।
विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा विभिन्न कार्यक्रम आयोजनाका साथै उपत्यका बाहिरका जिल्ला र स्थानीय तहमा पनि विभिन्न कार्यक्रमका साथ राष्ट्रिय दिवसका रुपमा कार्यक्रम गरि गणतन्त्र मनाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो