कतारले इतिहासकै उत्कृष्ट एसियन कपको आयोजना गर्नेछ : एएफसी

कतारले इतिहासकै उत्कृष्ट एसियन कपको आयोजना गर्ने एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले बताएका छन् ।
कतारा ओपेरा हाउसमा आयोजित एएफसी एसियन कप कतार २०२३ को औपचारिक ड्र समारोहमा बोल्दै एएफसी अध्यक्षले केही वर्षयता कतार विश्वको शीर्ष फुटबल आयोजक राष्ट्रमध्ये एक बनेको बताए ।

फिफा विश्वकपको सफल आयोजना गरिसकेको कतारले अर्को वर्षको जनवरी १२ देखि फेब्रुअरी १० सम्म प्रतियोगिताको आयोजना गर्दैछ । प्रतियोगितामा एसिया महाद्वीप बाट २४ राष्ट्र सहभागी हुँदैछन् ।