२४ घण्टामा १७८ जनामा भाइरस देखियो

गएको २४ घण्टामा १७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २१८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १३३ जना स्थानीय र ४५ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४०,०८६ पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १०,४६८ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २३९ रहेको छ र निको हुनेको संख्या १,३७,४९४ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २९ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २६२ जना
आईसीयुमा भर्ना भएका – ० जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३० जना
आज सम्म जाँच भएको संख्या – ११,४०,४५५ जना
अझै निको हुन बाँकीको संख्या : २,३५३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।