विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदा पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा

काठमाडौँ ,माघ १-

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रका शर्माले काँग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताउनुभएको छ ।

बिहीवार सञ्चारकर्मीहरुसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसको विशेष महाधिवशेन सफल भएको उहाँको दाबी छ । विशेष महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरु निर्वाचन आयोग गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीको विशेष महाधिवेशन सफल भएको छ । यसले देशको लागि जुन दृष्टिकोण पारित गरेको छ, सँगैमा नेतृत्व पनि परिवर्तन गरिसकेको छ । यसबारेमा निर्वाचन आयोगलाई अद्यावधिक गराउन जानकारी गराएका छौँ । काँग्रेसले नै विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्दा पार्टी फुट्दैन ।’

उपसभापति शर्माले विशेष महाधिवेशनको म्याण्डेटबारे आयोगमा अद्यावधिक गर्न आयोगलाई जानकारी गराइएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button