चोरी गर्ने चार जना पक्राउ

चोरीको अभियोगमा कतार प्रहरीले एक महिला सहित चार जनालाई पक्राउ गरेको छ। देशको विभिन्न स्थानको बैंक तथा एक्सचेन्ज घर बाट निस्केका मानिसहरूको पैसा लुट्न उक्त समूह सक्रिय रहेका अनुसन्धान बाट खुल्न आएको छ ।

अनुसन्धानको लागि प्रहरीले एक विशेष टोली छुटाएर खोजी कार्य गरेपछि अफ्रिकी मूलका ती ४ जना पक्राउ परेका हुन्। टोलीले उनीहरूबाट चोर्न प्रयोग गरिने समान सहित केही पैसा पनि बरामद गरेको छ। प्रहरी सँगको सोधपुछमा गल्ती स्वीकार गरेपछि उनीहरूलाई थप कानूनी प्रक्रिया अघि बढाइएको आन्तरिक मन्त्रालयले जनाएको छ।
कुनै शंकास्पद घटनाको ९९९ मा उजुरी गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो