मगर संघ कतारले भोलि माघ्या सकराटी मनाउने

मगर संघ कतारले मगरहरूको प्रमुख चाड “माघ्या सकराटी” मनाउने भएको छ। हरेक वर्ष झै यो वर्ष पनि शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक साथ संघले भोलि कार्यक्रम आयोजना गर्दैछ।
डिपिएस मोनार्क इन्टरनेशनल स्कुलको सभा हलमा आयोजना हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायिका प्रीति आले र गायक अमर रोका मगरको विशेष प्रस्तुती रहनेछ । साथै कार्यक्रममा स्थानीय कलाकार बाट मगर जातिको सालैजो,सोरठी,हुर्रा, टप्पा,भूम्या नाच लगायत चलचित्र तथा लोकदोहोरी गीतहरूको प्रस्तुति रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
1
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो