आज ३४० जनामा भाइरस देखियो,थप ३ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले आइतबार ३४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ३५४ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०६,६४८ पुगेको छ ।
भाइरसको कारण आज ३ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा २,७१० जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १५७ रहेको छ र निको हुनेको संख्या १,०३,३७७ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४२ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ५२६ जना
आईसीयुमा भर्ना भएका – ८ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १२८ जना
आज सम्म जाँच भएको संख्या – ४,४१,७०० जना
निको हुन बाँकीको संख्या : ३,११४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।