कम्पनीले निकालिदिए वा आईडी सकिएको कति दिन सम्म कतार बस्न पाइन्छ ?

आईडी सकिएमा वा कम्पनीले निकालिदिए कति दिन सम्म कतार बस्न पाउँछ भन्ने कुरा हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ। कसैले आईडी सकिएको एक हप्ता सम्म कतार बस्न पाउँछ भन्ने गरेका छन् भने कसैले एक महिना सम्म बस्न पाउँछ तर त्यसपश्चात हरेक दिन १० रियालको दरले जरिवाना तिर्नुपर्छ भन्ने हल्ला सुन्दै आइरहेका छौं। वास्तवमा कति दिन बस्न पाइन्छ आउनुहोस् यसको बारेमा यथार्थ कुरा बुझौं ।

 

कतारमा आप्रवासीको प्रवेश,गमन,आवास तथा स्पोन्सर को कानून नम्बर ४ बमोजिम आईडी सकिए वा कम्पनीले नविकरण गर्न नमानेको खण्डमा कामदार कतार भित्र जम्मा तीन महिना अर्थात ९० दिन सम्म बस्न पाउने आन्तरिक मन्त्रालयले जनाएको छ। यस्तो अवस्थामा कम्पनीले निकालिदिए पनि अर्को काम खोज्न कामदारलाई जम्मा ९० दिनको समय उपलब्ध हुनेछ। तर कामदार कुनै आपराधिक गतिविधिमा संलग्न भएको भने हुनुहुँदैन,त्यस्तै कम्पनीको सजाय स्वरुप घर पठाउन लागेको अवस्थामा पनि यो कानूनले काम गर्दैन।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
96
मनपर्‍यो
खुसी लाग्यो
45
खुसी लाग्यो
दुःख लाग्यो
14
दुःख लाग्यो
रुन मन लाग्यो
9
रुन मन लाग्यो
हाँसो लाग्यो
19
हाँसो लाग्यो
रीस उठ्यो
11
रीस उठ्यो
Back to top button