निजी स्वास्थ्य केन्द्रलाई शुल्क घटाउन मन्त्रालयको निर्देशन

कतारको स्वास्थ्य मन्त्रालयले निजी स्वास्थ्य सेवा केन्द्रहरुलाई १० देखि ६० प्रतिशत सम्म सेवा तथा अन्य शुल्क घटाउन निर्देशन दिएको छ।शुल्क नघटाउने निजी क्लिनिक तथा अस्पतालको लाइसेन्स नविकरण नहुने अरेबिक दैनिक पत्रिका अर्र्यहाले लेखेको छ।
पत्रिकाको अनुसार यो हप्ता मन्त्रालयको निर्णय बारे छलफल गर्न निजी स्वास्थ केन्द्रका प्रतिनिधिहरू र मन्त्रालयको कर्मचारी बीच कतार च्याम्बरमा बैठक बस्ने भएको छ।
पत्रिकाले गत महिना निजी स्वास्थ्य केन्द्रको बारेमा सर्वसाधारणको धारणा लिएको थियो।जसमा अधिकांशले चर्को सेवा शुल्क लिने गरेको पाइएको थियो।त्यस्तै केहीले आफ्नो फाइदाको लागि आवश्यक भन्दा बढी जाँच गर्ने समेत खुल्न आएको छ।यस विषयमा सरकार बाट निरीक्षण हुन पर्ने पत्रिकाले लेखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो