नेकपा संयोजक दाहाल रुकुम पूर्वमा

रुकुम पूर्व, माघ ५ –
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुग्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ पुग्नुभएको हो ।
अध्यक्ष दाहाले भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनता उत्साहित रहेको उद्योग वाणिज्य सङ्घ रुकुम पूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताउनुभयो । जनयुद्धको उद्गम थलोका रूपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा प्रचण्डको आगमनले यहाँको विकासले उचाइ लिने अपेक्षा गरेको उहाँले बताउनुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो