बालेनले देश बनाउँछः रवि लामिछाने

काठमाडौँ, माघ ५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेन्द्र शाहले देश बनाउने विश्वास रहेको बताएका छन्।
सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो आमाको फोटो हेरेर सोचविचार गर्दा आफूलाई बालेनले देश बनाउने विश्वास भएको सुनाए। ‘मैले आमाको फोटो हेरेर विचार गरे। मलाई लाग्यो बालेनले देश बनाउँछ,’ लामिछानेले थपे, ‘मैले भने, आमा बालेनले देश बनाउँछ।’
आफू र बालेनबीचको वार्ता पाँच मिनेटमै सकिएको उनको भनाइ थियो। ‘रवि र बालेनको वार्ता पाँच मिनेटमै सकिएको हो। अरु समय त एक–अर्कालाई चिनजानमा लागेको थियो,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो