झापामा कार्यकर्ता भेटघाट सकेर इलामतर्फ लागे बालेन

काठमाडौं,माघ ७-
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) इलामतर्फ लागेका छन् । बुधबार अपराह्न चुनावी कार्यक्रमका लागि बालेन पूर्वी पहाडी जिल्ला इलाम लागेका हुन् । बालेनले बिहीबार बिहान ८ बजे इलामका दुईवटै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारसँग चुनावी भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपा इलाम जिल्ला सभापति टिका ओडारीले जानकारी दिए ।
आगामी फागुन २१ को चुनावका लागि रास्वपाबाट इलाम–१ मा विमल गदाल र इलाम–२ मा गोकुल राई उम्मेदवार छन् । झापा–५ मा उम्मेदवारी दर्ता गर्न मंगलबार बिहान झापा आएका बालेनले दमकमा बास बसेर बुधबार बिहानदेखि चुनावी भेटघाट सुरु गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो