भारतीय वायुसेनाको ट्रेनी विमान दुर्घटना

काठमाडौँ , माघ ७ –

भारतस्थित उत्तर प्रदेशको प्रयागराजमा भारतीय वायुसेना प्रशिक्षणमा रहेको एउटा विमान दुर्घटनामा परेको छ । उक्त विमान मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

सञ्चारमाध्यमका अनुसार विमान पोखरीमा डुबेको अवस्थामा देखिएको छ । समाचार एजेन्सी एएनआईकाअनुसार दुर्घटनामा परेको विमान एम ११६ हो ।

विमानमा सवार दुई पाइलट प्यारासुटबाट तलाउमा हाम फालेका समाचारमा उल्लेख गरिएको छ । दुवैलाई स्थानीयले उद्धार गरेको र अवस्था स्थिर रहेको बताइएको छ ।

‘चालक दलका दुई सदस्यसहितको वायुसेनाको सानो विमान आज दिउँसो १२ बजे प्रशिक्षण मिसनमा थियो । यसलाई आपतकालीन अवतरण गर्नुपर्‍यो । दुवै चालक दलका सदस्यहरू सुरक्षित छन्’ पीआरओ डिफेन्स विङ्ग कमान्ड देबार्थो धरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button