ईद अल फित्रको अवसरमा कहाँ कहाँ हुँदैछ आतिशबाजी ?

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फित्रको पहिलो दिन भोलि आईतबार मार्च ३० तारिख रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । यसको साथै इदको पहिलो प्राथना बिहान ५:४३ मा गरिने मन्त्रालयले बताएको छ ।
भोलि आइतबार देखि मंगलबार सम्म इद अल अल फित्रको अवसरमा कतारमा निजी क्षेत्रको कामदारले तीन दिन बिदा पाउने श्रम मन्त्रालयले बताएको छ । उक्त क्षेत्रलाई इदमा न्यूनतम तलब सहित तीन दिन बिदा पाउने श्रम कानूनको धारा ७४ मा पनि उल्लेख गरिएको छ। यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा काम लगाउँदा ओभरटाइम दिनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
कतार श्रम मन्त्रालयले निजी क्षेत्रका लागि इद उल फित्रको तीन दिन बिदा दिएको छ । कुनै कम्पनीले थप १ दिन बिदा पनि दिन सक्नेछन् ।
तपाईंले यो बिदामा आतिशबाजी हेर्ने मन लागेको छ भने आतिशबाजी कार्यक्रमहरूको सूची यस् प्रकार छन् ।
अल वक्रा ओल्ड शुकमा ईद अल फित्र २०२५ आतिशबाजी

- मितिहरू: ईदको पहिलो ४ दिन (आईतबार देखी बुधबार सम्म)
- मूल्य: नि: शुल्क
- समय: बेलुकी ८ बजे
- स्थान: समुद्रतट, अल वक्रा
कतारा सांस्कृतिक गाउँमा इद उल फित्र आतिशबाजी प्रदर्शन

- मितिहरू: ईदको पहिलो ३ दिन , मंगलबार सम्म
- मूल्य: नि: शुल्क
- समय: बेलुकी ८:३० देखि
- स्थान: कतारा कर्निश
लुसेल बुलेभार्ड स्क्याई फेस्टिवल

- मितिहरू: इद पछि (अप्रिल ३ बिहीबार देखि ५ शनिबार सम्म)
- मूल्य: नि: शुल्क
- समय: साँझ ४ बजे देखि १० बजे सम्म
- स्थान: अल साद प्लाजा, लुसेल बुलेभार्ड ( ट्विन टावर)