लाइसेन्स बिना सवारी चलाए ५०,००० रियालसम्म जरिवाना हुने

मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनचेतना सन्देश जारी गर्दै लाइसेन्स बिना सवारी चलाउँदा सडक सुरक्षामा प्रत्यक्ष जोखिम उत्पन्न हुने भएकाले यस्तो कसुर मिलापत्र वा सामान्य रूपमा टुंग्याउन नमिल्ने स्पष्ट पारेको छ।

ट्राफिक कानुनको धारा ९४ अनुसार यस्तो कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि तीन वर्षसम्म कैद सजाय हुनसक्छ। साथै कम्तीमा १०,००० कतारी रियाल र बढीमा ५०,००० कतारी रियालसम्म जरिवाना, वा यीमध्ये कुनै एक सजाय हुन सक्छ।

यो व्यवस्था विशेष रूपमा मान्य कतारी ड्राइभिङ लाइसेन्स नै नभएका व्यक्तिहरूमा लागू हुन्छ।

May be an image of ‎motorcycle, car, road and ‎text that says '‎زارةدظي الداخي وزارة Ministruo Interior Interior SttasQutar C فوزسادق Driving Without a License It one of the serious traffic violations that poses a direct threat to road users, and cannot be settled or reconciled. Article (94) of the Traffic Law: The violator shall be punished with imprisonment for less than one month and not exceeding three years, and with of no less than ten thousand riyals and not exceeding fifty thousand riyals, or with either of these two penalties. period not fine XO moi_qatar moi_ f moigovqatar moigovqa moi.gov.qa moi.‎'‎‎

तर मान्य लाइसेन्स भएको तर जाँचका बेला भौतिक कार्ड साथमा नभएका चालकहरूको हकमा भने चेकपोइन्ट वा ट्राफिक जाँचका क्रममा मेट्राश एप प्रयोग गरेर डिजिटल रूपमा लाइसेन्स प्रमाणीकरण गर्न सकिने बताइएको छ।

यो सूचना जिम्मेवार सवारी सञ्चालनलाई प्रोत्साहन गर्न र कतारको ट्राफिक कानुनको पालना कडाइका साथ गराउन चलिरहेको जनचेतना अभियानको एक हिस्सा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
54
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
6
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
4
रीस उठ्यो
Back to top button