रमजानमा निजी क्षेत्रका कर्मचारीलाई दैनिक ६ घण्टे कार्य अवधि

कतारको श्रम मन्त्रालयले पवित्र रमजान महिनाको लागि निजी क्षेत्रका प्रतिष्ठानहरूको कार्य अवधि सम्बन्धी नियमन घोषणा गरेको छ।

मन्त्रालयले देशको श्रम ऐनको प्रावधानअनुसार कामदारहरूको लागि कार्य अवधि सीमित तोकेको छ। नयाँ नियमन अनुसार रमजान महिनाभर निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरूले दैनिक अधिकतम ६ घण्टा र साप्ताहिक रूपमा ३६ घण्टामात्र काम गर्नुपर्नेछ।

यो व्यवस्था रमजान महिनाको पहिलो दिनदेखि लागू हुनेछ र यसले कर्मचारीहरूको कार्य अवधिलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। उपवासको समयमा कर्मचारीहरूको स्वास्थ्य र सहूलियतलाई ध्यानमा राख्दै मन्त्रालयले यो निर्णय गरेको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
19
मनपर्‍यो
खुसी लाग्यो
24
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button