हप्ताको अन्त्यमा जाडो बढ्ने

गएको हप्ता देखि अनियमित तरिकाले केही बढेको तापक्रम यो हप्ताको अन्त्यमा घट्ने भएको छ।कतार मौसम विभागले हप्ताको अन्त्यतिर उत्तरी वायुको प्रभावले तापक्रममा गिरावट आउने जानकारी दिएको हो।

विभाले सो समयमा देशको दक्षिणी भागमा तापक्रम १० डिग्री सेल्सियस भन्दा कम रहने बताएको छ।दैनिकी पत्रिका पेनिनसुला सँग बोल्दै विभागका कार्यकारी निर्देशक अब्दुल्लाह मोहम्मद अल मन्नाई ले कतारमा आउँदो दिनहरूमा वर्षाको संभावना भने खासै नरहेको बताएका छन्।
विभागले मौसम अपडेटको लागि आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह समेत गरेको छ।