कतारमा आक्रमणपछि १६ जना घाइते, गृह मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

सामाजिक सञ्जालमा भ्रामक हल्ला, फोटो वा भिडियोहरू शेयर नगर्नु : गृह मन्त्रालय

कतारको गृह मन्त्रालयले हालै भएको आक्रमणका कारण देशमा १६ जना घाइते भएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार पछिल्लो समय थप ८ जना घाइते भेटिएसँगै घाइतेको कुल संख्या १६ पुगेको हो। विभिन्न क्षेत्रमा सामान्य भौतिक क्षति भएको पनि मन्त्रालयले जनाएको छ।

सुरक्षा सतर्कता र निर्देशनहरू:

स्थितिलाई नियन्त्रणमा लिन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकाय र सिभिल डिफेन्स टोलीहरू पूर्ण तयारीका साथ परिचालन गरिएका छन्। मन्त्रालयले सर्वसाधारणका लागि निम्न निर्देशनहरू जारी गरेको छ:

  • भित्रै बस्नुहोस्: अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन र आवतजावत कम गर्न आग्रह गरिएको छ।

  • शंकास्पद वस्तु: कुनै पनि पहिचान नभएका वस्तु वा भग्नावशेषको नजिक नजान र त्यस्तो देखिएमा तुरुन्त आपत्कालीन नम्बर ९९९ मा रिपोर्ट गर्न भनिएको छ।

  • बाटो खाली छोड्नुहोस्: एम्बुलेन्स, सिभिल डिफेन्स र प्रहरीका गाडीहरूलाई प्राथमिकता दिन र घटनास्थलहरूमा भिडभाड नगर्न अनुरोध गरिएको छ।

  • अफवाह फैलाउन निषेध: आधिकारिक स्रोतबाट आएका समाचारमा मात्र विश्वास गर्न र सामाजिक सञ्जालमा भ्रामक हल्ला, फोटो वा भिडियोहरू शेयर नगर्न सचेत गराइएको छ। यसो गरेमा कानुनी कारबाही हुन सक्ने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
11
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button