भोलिसम्मका लागि कतार एयरवेजका सबै उडानहरू रद्द

भोलिसम्मका लागि कतार एयरवेजका सबै उडानहरू रद्द गरिएको छ। कतारी हवाई क्षेत्र बन्द भएकाले एयरलाइन्सले आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।
कतार नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र सुरक्षित रूपमा पुनः सञ्चालन गर्न सकिने घोषणा गरेपछि मात्र उडान सेवा पुनः सुरु गरिने कम्पनीले स्पष्ट पारेको छ।
यस सम्बन्धमा थप जानकारी मंगलबार बिहान ९ बजे स्थानीय समयअनुसार (०६:०० GMT) सार्वजनिक गरिने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो