रमादान महिना टुंगो लाग्ने चन्द्रमा शनिबार हेरिने

क्युएनए
यस वर्षको रमादान महिनाको लागि अर्ध चन्द्रमा शनिबार हेरिने भएको छ। अकफ तथा इस्लामिक मामिला मन्त्रालय अन्तर्गतको अर्ध चन्द्रमा अवलोकन समितिले मे ५ को बेलुका कतारमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई चन्द्रमा हेर्न आवहान गरेको हो।
अर्ध चन्द्रमा देख्ने जो कोहीले पनि दफ्ना स्थित आफ्नो कार्यालयमा आएर रिपोर्ट गर्न समितिले आग्रह गरेको छ।रमादान महिना सुरु हुने टुंगो लगाउन समितिको बैठक पनि सोही दिन मघ्रिब(सूर्यास्त) प्राथना पछि बस्दैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो