अमेरिकी दूतावास आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई अन्यत्रै सारियो

कतारको गृह मन्त्रालयले दोहास्थित अमेरिकी दूतावास आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको जनाएको छ।
मन्त्रालयले बिहीबार बिहान (मार्च ५, २०२६) सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सम्बन्धित निकायहरूले सावधानीका रूपमा उक्त कदम चालिएको स्पष्ट पारेको हो।
गृह मन्त्रालयका अनुसार सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। प्रभावित बासिन्दाहरूका लागि उपयुक्त बसोबासको व्यवस्था पनि गरिसकिएको मन्त्रालयले जनाएको छ।
साथै मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक र विश्वसनीय स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ।