सुरक्षा खतरा स्तर उच्च, घरभित्रै बस्न आग्रह : कतार

दोहा कतारको गृह मन्त्रालयले सुरक्षा खतरा बढेको भन्दै देशभरका बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेको छ ।

मन्त्रालयले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र सुरक्षित भित्री कोठामा बस्न सुझाव दिएको छ। झ्याल वा बाहिरी भागबाट टाढा रहने, खुला स्थानमा नजान्ने र आधिकारिक सूचनामात्रै अनुसरण गर्न पनि भनिएको छ।

यो चेतावनी क्षेत्रीय तनाव र मिसाइल आक्रमणको जोखिम बढेपछि जारी गरिएको हो।

संक्षेप: सुरक्षा जोखिम बढेकाले कतार सरकारले सबैलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
13
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button