कतारमा आपतकालीन समन्वयका लागि २४ घण्टे हेल्पलाइन सेवा सुरु, कसरी गर्ने सम्पर्क?

दोहा, कतारमा विकसित भइरहेका पछिल्ला विशेष परिस्थितिलाई मध्यनजर गर्दै दोहास्थित नेपाली राजदूतावासले आपतकालीन समन्वयलाई प्रभावकारी बनाउन “इमरजेन्सी कन्ट्रोल रुम” पूर्ण रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

राजदूतावासका अनुसार परराष्ट्र सचिवको संयोजकत्वमा गठित Emergency Response Team को बैठकले उक्त निर्णय गरेको हो। हाल सञ्चालनमा आएको कन्ट्रोल रुमबाट २४ घण्टा हेल्पलाइन सेवा, इ–मेलमार्फत प्रतिक्रिया, आवश्यक समन्वय तथा परिस्थितिसम्बन्धी प्रतिवेदन तयारीको कार्य भइरहेको जनाइएको छ।

कतार र इरान क्षेत्रमा रहेका नेपाली नागरिक, उनीहरूका परिवारजन तथा सरोकारवालाहरूले आवश्यक परेमा उक्त कन्ट्रोल रुमसँग इ–मेल तथा टेलिफोनमार्फत (WhatsApp, Viber र Botim  समेत) सम्पर्क गर्न सक्ने राजदूतावासले जनाएको छ।

राजदूतावासले उपलब्ध गराएका सम्पर्क विवरण यसप्रकार छन्:

इ–मेल: emergency@mofa.gov.np

इमरजेन्सी कन्ट्रोल रूम (२४/७)

नेपाली राजदूतावास, दोहा-कतार

हालका क्षेत्रीय घटनाक्रमलाई ध्यानमा राख्दै, दूतावासले कतार र इरानमा रहेका नेपाली नागरिकहरूलाई सहयोग गर्न २४ घण्टा सञ्चालन हुने प्रतिक्रिया टोली स्थापना गरेको छ।

+977 97444 41227
+977 97444 41228
+977 97444 41229
OFFICIAL EMAIL

emergency@mofa.gov.np


सबै नेपाली नागरिकलाई सुरक्षा सम्बन्धी आधिकारिक निर्देशनहरूको पालना गर्न अनुरोध गरिन्छ।

यसैबीच राजदूतावासले यसअघि जारी गरिएका सुरक्षा सम्बन्धी सूचनामा सजग रहन तथा सम्बन्धित निर्देशनहरूको पालना गर्न सबै नेपाली समुदायलाई पुनः अनुरोध गरेको छ।

– अघिल्लो पोस्टमा फोन नम्बर गलत भएकोमा हामी क्षमाप्रार्थी छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
7
मनपर्‍यो
खुसी लाग्यो
51
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button