छिमेकी देशमाथि आक्रमण नगर्ने इरानको घोषणा, लगत्तै दोहामा मिसाइल अवरोध

दोहा — इरानी राष्ट्रपति मसुद पेजेस्कियानले छिमेकी देशहरूमाथि भएको आक्रमणप्रति माफी मागेको केही मिनेटमै कतारको राजधानी दोहाको आकाशमा फेरि विस्फोटको आवाज सुनिएको बताइएको छ।

दोहाबाट रिपोर्टिङ गरिरहेका पत्रकार जेन बसरावीका अनुसार राष्ट्रपतिको माफी सन्देश सार्वजनिक भएको केही समयपछि सुरक्षा साइरन बज्नुका साथै आकाशमा अवरोध (इंटरसेप्सन) जस्तो देखिने विस्फोटको आवाज सुनिएको थियो।

इरानका राष्ट्रपति पेजेशकियनले आफ्नो देशले छिमेकी अरब राष्ट्रहरूको भूमिलाई लक्षित गरेर आक्रमण गर्ने उद्देश्य नभएको बताएका थिए। उनले इरानले छिमेकी देशतर्फ मिसाइल प्रहार नगर्ने निर्णय गरेको, तर इरानमाथि आक्रमण भएमा मात्र प्रतिक्रिया जनाउने बताएका थिए।

तर उनको उक्त अभिव्यक्तिपछि नै दोहाको आकाशमा फेरि अवरोध विस्फोट सुनिएकाले इरानी सेना र सरकारबीच सूचना आदान–प्रदानमा ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको छ।

यस घटनाले खाडी क्षेत्रमा जारी तनाव अझै पूर्ण रूपमा कम नभएको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।

Source : Al Jazeera

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
11
मनपर्‍यो
खुसी लाग्यो
212
खुसी लाग्यो
दुःख लाग्यो
46
दुःख लाग्यो
रुन मन लाग्यो
4
रुन मन लाग्यो
हाँसो लाग्यो
5
हाँसो लाग्यो
रीस उठ्यो
10
रीस उठ्यो
Back to top button