कतार एसियन कपको अन्तिम १६ मा

लगातार दोस्रो जित निकाल्दै कतार घरेलु भूमिमा भइरहेको एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
१० खेलाडीमा सिमित ताजिकिस्तानलाई बुधबार १-० ले हराएपछि कतार लगातार २ खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो ।
अक्रम अफिफले १७औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । अफिफले लेबनान विरुद्धको जितमा २ गोल गरेका थिए।
८१औं मिनेटमा अमादोनी कामोलोभले रातो कार्ड पाएपछि ताजिकिस्तानले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो ।
त्यस्तै बुधबार नै भएको सोही समूहको पहिलो खेलमा चीन र लेबनानले गोलरहित बराबरी खेलेका थिए ।
२ चरणको खेलपछि समूह ए मा कतारको ६ अंक रहेको छ । चीनको २ अंक तथा ताजिकिस्तान र लेबनान समान १-१ अंकको छ ।