कतार एयरवेजका विशेष उडान बढे, काठमाडौँ अझै समावेश भएन

दोहा-कतारको हवाई क्षेत्र अझै पूर्ण रूपमा सञ्चालनमा नआए पनि कतार एयरवेजले विशेष उडानहरूको संख्या क्रमशः बढाउँदै लगेको छ। यात्रुहरूलाई दोहा र विश्वका विभिन्न सहरहरूबीच आवतजावत गराउन कम्पनीले सीमित उडान सञ्चालन गरिरहेको छ।

कतार एयरवेजले सोमबार आगामी तीन दिन (मार्च १०–१२) का लागि विशेष उडानहरूको तालिका सार्वजनिक गरेको हो।

दोहाबाट प्रस्थान गर्ने उडानहरू : 

मार्च १०: काइरो, लन्डन हिथ्रो, जेद्दा, मनिला, कोच्ची, मस्कट, इस्तानबुल, मुम्बई, दिल्ली, नैरोबी, इस्लामाबाद, म्याड्रिड, फ्र्याङ्कफर्ट, कोलम्बो, मिलान र मस्को।

मार्च ११: काइरो, टोरन्टो, डलास/फोर्ट वर्थ, लन्डन हिथ्रो, पेरिस, म्याड्रिड, रोम, दिल्ली, जेद्दा, मस्कट, हङकङ, सियोल, बैंकक, क्वालालम्पुर र मेलबर्न।

दोहा आउने उडानहरू :

मार्च १०: सियोल, मस्को, लन्डन हिथ्रो, दिल्ली, म्याड्रिड, इस्लामाबाद, बेइजिङ, पर्थ, नैरोबी र इस्तानबुल।

मार्च ११: काइरो, लन्डन हिथ्रो, जेद्दा, मनिला, कोच्ची, मस्कट, इस्तानबुल, मुम्बई, दिल्ली, नैरोबी, इस्लामाबाद, म्याड्रिड, फ्र्याङ्कफर्ट, कोलम्बो, मिलान र मस्को।

मार्च १२: काइरो, टोरन्टो, डलास/फोर्ट वर्थ, लन्डन हिथ्रो, पेरिस, म्याड्रिड, रोम, दिल्ली, जेद्दा, मस्कट, हङकङ, सियोल, बैंकक, क्वालालम्पुर र मेलबर्न।

यस तालिकामा भारत, पाकिस्तान तथा दक्षिण–पूर्वी एसियाका विभिन्न सहरहरू पटक–पटक समावेश गरिएका छन्। उदाहरणका लागि दिल्ली तीन पटक, मुम्बई दुई पटक, कोच्ची दुई पटक र इस्लामाबाद तीन पटक उडान तालिकामा परेका छन्। त्यस्तै मनिला, बैंकक, क्वालालम्पुर, हङकङ र सियोल जस्ता गन्तव्यहरू पनि सञ्चालनमा ल्याइएका छन्।

तर यति धेरै क्षेत्रीय गन्तव्य समेटिँदा पनि काठमाडौँ भने हालसम्मको विशेष उडान तालिकामा समावेश गरिएको छैन। कतारमा रहेका नेपाली यात्रु तथा कामदारहरू काठमाडौँ उडान कहिले सुरु हुन्छ भन्ने प्रतीक्षामा रहेका छन्। कतार एयरवेजले परिस्थितिअनुसार थप गन्तव्यहरू क्रमशः समावेश गर्दै जाने बताएको छ। त्यसैले आगामी नयाँ तालिकामा काठमाडौँ उडान पनि थपिने अपेक्षा गरिएको छ।

कतार एयरवेजका अनुसार यात्रुहरूले पछिल्लो उडान जानकारी र टिकट बुकिङका लागि कम्पनीको आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत जानकारी लिन सक्नेछन्। कम्पनीले सार्वजनिक गरेका यी उडानहरू नियमित व्यावसायिक उडान पूर्ण रूपमा सुरु भएको पुष्टि भने नभएको पनि स्पष्ट पारेको छ।

एयरलाइन्सले यात्रुहरूलाई मान्य र पुष्टि भएको टिकट नभएसम्म विमानस्थल नआउन अनुरोध गरेको छ। हालको परिस्थितिमा यात्रु र चालकदलको सुरक्षा नै पहिलो प्राथमिकता रहेको जनाउँदै कम्पनीले उत्पन्न असुविधाका लागि क्षमायाचना गरेको छ।

कतार एयरवेजले थप जानकारीसहित अर्को अद्यावधिक  पुन आज १० मार्च २०२६ मा सार्वजनिक गरिने जनाएको छ।

यसैबीच, फेब्रुअरी २८ देखि मार्च २२, २०२६ बीच यात्रा मिति भएका पुष्टि भएका टिकटधारी यात्रुहरूका लागि विशेष सुविधा पनि उपलब्ध गराइएको छ। ती यात्रुहरूले

  • मूल यात्रा मितिबाट १४ दिनभित्र पर्ने गरी दुई पटकसम्म निःशुल्क मिति परिवर्तन, वा
  • प्रयोग नभएको टिकटको पूरा रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
21
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button