बुधबार मात्रै कतारलाई लक्षित गरी ९ वटा बैलिस्टिक मिसाइल र धेरै ड्रोन प्रक्षेपण

दोहा- कतारमाथि इरानबाट बुधबार वटा बैलिस्टिक मिसाइल धेरै ड्रोन प्रहार गरिएको कतारको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कतारी सेनाले अधिकांश आक्रमणलाई अवरोध गर्न सफल भएको छ।

रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको कि आक्रमणमा प्रयोग गरिएका सबै ड्रोन वटा मिसाइल हवाई प्रतिरक्षा प्रणालीले खसालिएको भने एक मिसाइल भने मानवरहित क्षेत्रमा खसेको थियो। उक्त घटनाबाट तत्काल कुनै मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन।

यो घटना मध्यपूर्वमा बढ्दो तनावका बीच भएको हो। इरान अमेरिकासहित उसका सहयोगीहरूबीच चलिरहेको सैन्य द्वन्द्वका कारण पछिल्ला दिनहरूमा खाडी क्षेत्रका विभिन्न देशहरूमा मिसाइल तथा ड्रोन आक्रमणहरू बढिरहेका छन्।

यसै क्रममा कतारले आफ्नो सार्वभौमिकतामाथि भएको आक्रमणको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई क्षेत्रीय तनाव कम गर्न पहल गर्न आग्रह गरेको छ। कतारले यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको पनि जनाएको छ।

यसअघि पनि हालको द्वन्द्वका क्रममा कतारका विभिन्न स्थानहरू, विशेषगरी ऊर्जा तथा सैन्य संरचनालाई लक्षित गरी इरानबाट मिसाइल तथा ड्रोन आक्रमण प्रयासहरू भएको रिपोर्ट सार्वजनिक भइसकेको छ।

क्षेत्रीय प्रभाव : 
यो घटनाले खाडी क्षेत्रमा सुरक्षा चिन्ता अझ बढाएको छ। कतिपय ऊर्जा संरचनाहरू प्रभावित भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत दबाब देखिएको रिपोर्टहरू सार्वजनिक भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
43
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button