इदमा एक हप्ता सरकारी बिदा

ईद–उल–फित्रको अवसरमा अमिरी दिवानले सरकारी निकायका लागि बिदा घोषणा गरेको छ।

अमिरी दिवानका अनुसार मन्त्रालय, अन्य सरकारी निकाय तथा सार्वजनिक संस्था र प्राधिकरणहरूका लागि बिदा मार्च १७ मंगलबार देखि मार्च २३ तारिक सोमबार सम्म रहनेछ। सम्बन्धित कर्मचारीहरू मार्च २४ बाट नियमित रूपमा काममा फर्कनेछन्।

त्यस्तै, कतार केन्द्रीय बैंक, त्यसको निगरानीमा रहेका वित्तीय संस्थाहरू, कतार वित्तीय बजार प्राधिकरण तथा त्यसअन्तर्गतका वित्तीय बजारहरूको बिदाको सुरुवात र समाप्तिको मिति भने कतार केन्द्रीय बैंकका गभर्नरले निर्धारण गर्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
21
मनपर्‍यो
खुसी लाग्यो
12
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
Back to top button