खुला स्थानमा सामाजिक कार्यक्रम सञ्चालन गर्न पाउने

कतारको आन्तरिक मन्त्रालयले सार्वजनिक सुरक्षाप्रति आफ्नो प्रतिबद्धता र सम्बन्धित निकायहरूको निरन्तर मूल्याङ्कनका आधारमा सन् २०२६ मार्च २५ (बुधबार) देखि खुला स्थानमा सामाजिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको घोषणा गरेको छ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रकाशित विज्ञप्तिमा मन्त्रालयले स्वीकृत नियम तथा प्रक्रियाहरूको पालना गर्न र कार्यक्रमको सुरक्षित तथा व्यवस्थित सञ्चालनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्न विशेष जोड दिएको छ।

मन्त्रालयले सबै सहभागीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्नुपर्ने र व्यक्तिहरू वा समुदायलाई जोखिम पुर्‍याउने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

साथै, मन्त्रालयले जनसहयोगप्रति आभार व्यक्त गर्दै यसले उच्च सामाजिक चेतनाको परिचय दिनुका साथै सार्वजनिक सुरक्षा सुदृढ गर्न र शान्ति तथा स्थायित्व कायम राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
40
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
5
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button