सय दिनमा सरकार धेरै राम्रो काम गर्न सफल भयोः परराष्ट्रमन्त्री राणा

काठमाडौँ,कात्तिक ७-

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्न सफल भएको दाबी गरेकी छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले देशको बिग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको बताएकी हुन् ।

उनले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम गर्न भने गर्न नसकेको जिकिर गरिन् । हालैको बाढीपहिरो पछिको उद्धार, राहत र सडक सञ्जाल छिटै सञ्चालन गर्न सफल भएको उनले बताइन् ।  मन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारबाहीको सुरुवाती सङ्केत निकै राम्रो भएको दाबी गरिन् । फरक प्रसङ्गमा, उनले कानुनी प्रक्रियाका आधारमा सहकारी प्रकरणमा छानबिन भएको बताइन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button