अमेरिका–इरानबीच दुई साता युद्धविरामको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको तनावबीच दुई साता (१४ दिन) को अस्थायी युद्धविराम घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त युद्धविराम दुबै पक्षबीच सहमतिका आधारमा लागू हुने जनाइएको छ।

तर यो युद्धविराम पूर्ण रूपमा बिना सर्त नभई केही महत्वपूर्ण सर्तहरूमा आधारित रहेको बताइएको छ। विशेषगरी इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ हर्मुज तत्काल खुला गर्नुपर्ने शर्त राखिएको छ। उक्त मार्ग अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय तेल आपूर्ति र व्यापारमा गम्भीर असर परेको थियो।

मध्यस्थतामा पाकिस्तानले भूमिका खेलेको बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफको पहलमा दुबै पक्षबीच संवाद अघि बढाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

ट्रम्पले हालसम्म अमेरिकाले आफ्नो अधिकांश सैन्य उद्देश्य पूरा गरिसकेको दाबी गर्दै युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौताका लागि अवसरका रूपमा प्रस्तुत गरेका छन्। उता, इरानले समेत वार्ताका लागि प्रस्ताव अघि सारेको जनाइएको छ।

यो दुई साताको युद्धविराम अवधिमा दुबै पक्षबीच कूटनीतिक संवाद तीव्र बनाइ दीर्घकालीन समाधान खोज्ने प्रयास हुने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार यो कदमले तत्कालका लागि तनाव कम गरे पनि दीर्घकालीन समाधान अझै अनिश्चित रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button