डा. केसीको समर्थनमा बाबुराम भट्टराई, गगन थापा र रवीन्द्र मिश्र पनि सडकमा निस्किए

प्रहरीले पक्राउ गरेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ । डा. केसीका समर्थकहरु अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् ।
केसीको समर्थनमा डा. बाबुराम भट्टराई, गगन थापा र रवीन्द्र मिश्र पनि माइतीघर मण्डलामा उपस्थित भएका छन् । मेडिकल शिक्षा सुधारको माग राख्दै आएका डा. गोविन्द केसी अदालतको अवहेलनामा पक्राउ परेपछि समर्थकले प्रदर्शन गरेका छन् । प्रधान न्यायाधीशको राजीनामा माग गर्दै अनशन थालेका केसीलाई बेलुका प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको हो ।
धानमन्त्री शेरबहादुर देउवा आफूलाई थाहै नदिइ डा.गोविन्द केसीलाई पक्राउ गरेकोमा रिसाएका छन् । डा. केसीलाई अपराधी जस्तो गरि पक्राउ गरेकोमा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री रिसाएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भने, डा. केसी स्वयं मंगलवार अदालत जानु हुन्थ्यो, अपराधीलाई जस्तो गरि पक्राउ गर्नु जरुरी थिएन। डा.केसीको गिरफ्तारी बारे प्रधानमन्त्रीलाई थाहा नदिइएको परियारले बताए । यो खबर नागरिक दैनिकले छापेको छ ।