प्रिमियम पेट्रोलको मुल्य घट्याे

अप्रिल महिनामा प्रिमियम पेट्रोलको भाउ घटेको छ । आज १ तारिख शनिबार देखि लागू हुनेगरि प्रिमियम पेट्रोलको मुल्य ५ दिरहामले घटेकाे कतार इनर्जीले बताएको छ ।
सुपर पेट्रोलको र डिजलको भने गएको महिना झै यथावत रहने इनर्जीले जनाएको छ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल २.१०, प्रीमियम पेट्रोल १.९५ र डिजल २.०५ रियाल प्रतिलिटर पर्नेछ।
सन् २०१७ को सेप्टेम्बर महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।