नेपाल वायुसेवाको दोहा–काठमाडौं उडान सातामा चार दिन सञ्चालन हुने

नेपाल वायुसेवा निगमले दोहा–काठमाडौं नियमित उडान पुनः सञ्चालन गर्ने भएको छ। निगमले शुक्रबार जारी गरेको सूचनाअनुसार सातामा चार दिन उडान सञ्चालन हुनेछ।
निगमका अनुसार RA-253 उडानमार्फत काठमाडौंबाट दोहाका लागि सोमबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ। उक्त उडान राति ११:४० बजे उडेर भोलिपल्ट १:५५ बजे दोहा पुग्नेछ।
यस्तै RA-254 उडानमार्फत दोहाबाट काठमाडौंका लागि मंगलबार, बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ। यो उडान बिहान ३:२५ बजे दोहाबाट उडेर १०:१५ बजे काठमाडौं अवतरण गर्ने तालिका छ।
मध्यपूर्वको असहज परिस्थितिका कारण प्रभावित यात्रुलाई निगमले सम्पर्क गरी टिकट पुनः प्रमाणीकरण गरेर यात्रा गर्न आग्रह गरेको छ। परिस्थितिअनुसार उडान तालिकामा फेरबदल हुन सक्ने भन्दै निगमले यात्रुलाई आधिकारिक सूचनामार्फत अद्यावधिक जानकारी लिन अनुरोध गरेको छ।
उडान तालिका:
काठमाडौं–दोहा (RA-253): सोम, मंगल, बिही, शनि — 23:40
दोहा–काठमाडौं (RA-254): मंगल, बुध, शुक्र, आइत — 03:25