खाडी मुलुकहरूको आर्थिक रूपान्तरणबारे ‘Beyond Oil’ सार्वजनिक हुँदै

खाडी राष्ट्रहरूको आर्थिक विकास, कूटनीतिक अभ्यास र सामाजिक रूपान्तरणबारे केन्द्रित पुस्तक ‘Beyond Oil: Economic Miracles of the Gulf States’ सार्वजनिक हुने भएको छ।

अरब साहित्यका अध्येता, लेखक तथा मानवअधिकार क्षेत्रमा सक्रिय प्रोफेसर मोहम्मद रमजान अली मियाद्वारा लिखित पुस्तक शिमाल बुक पब्लिकेशनले प्रकाशन गरेको हो। पुस्तकमा तेलमा निर्भर अर्थतन्त्रबाट विविधीकरणतर्फ अघि बढेका खाडी राष्ट्रहरूको विकास यात्रालाई विश्लेषणात्मक रूपमा समेटिएको जनाइएको छ।

पुस्तकमा कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमानलगायत खाडी मुलुकहरूको आर्थिक रूपान्तरण, विकास रणनीति, पूर्वाधार विस्तार, मानव संसाधन विकास तथा बदलिँदो अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यबारे चर्चा गरिएको छ।

लेखक प्रोफेसर मिया अरब भाषा तथा इस्लामी अध्ययनका विद्वानका रूपमा चिनिन्छन्। उनी खाडी क्षेत्र, श्रमिक अधिकार, मानवअधिकार, शिक्षा र भाषासम्बन्धी विषयमा लामो समयदेखि अध्ययन, अनुसन्धान तथा लेखनमा सक्रिय रहँदै आएका छन्।

पुस्तकको पूर्व–विमोचन कार्यक्रम आइतबार, ७ जुन २०२६ बिहान १०:३० बजे काठमाडौँको लेखन कुञ्ज, थापागाउँ, नयाँ बानेश्वरमा आयोजना गरिने भएको छ।

आयोजकका अनुसार कार्यक्रममा पुस्तकका विषयवस्तु, खाडी मुलुकहरूको आर्थिक रूपान्तरण र समकालीन अन्तर्राष्ट्रिय दृष्टिकोणबारे विशेष छलफल हुनेछ। कार्यक्रममा शिक्षाविद्, कूटनीतिज्ञ, अनुसन्धानकर्ता, पत्रकार, साहित्यकार तथा खाडी अध्ययनमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

लेखन कुञ्जका अध्यक्ष कमल ढकालले पुस्तकले खाडी राष्ट्रहरूको विकास मोडेललाई नेपाली पाठकमाझ परिचित गराउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

खाडी मुलुकहरूको आर्थिक विकास र रूपान्तरणबारे नेपाली भाषी पाठकका लागि उपयोगी सन्दर्भ सामग्रीका रूपमा पुस्तकलाई हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button