५, १० र ५० रियालका नोटमा परिवर्तन

कतार केन्द्रीय बैंकले ५, १० र ५० कतारी रियालका पाँचौं शृङ्खलाका बैंक नोटहरूमा आधिकारिक रूपमा केही संशोधन लागू गरेको घोषणा गरेको छ। बैंकका अनुसार यी परिवर्तनहरू कतारमा प्रचलित कानुनी व्यवस्था अनुरूप गरिएका हुन्।
नयाँ परिवर्तित नोटहरूमा कतार राज्यको अद्यावधिक आधिकारिक राष्ट्रिय प्रतीक,अरबी अंकहरूको प्रस्तुति, तथा
नोट जारी गरिएको मिति समावेश गरिएको छ।
यसअघि जारी भएका ५, १० र ५० रियालका पाँचौं शृङ्खलाका नोटहरू यथावत् वैध रहनेछन् र सामान्य कारोबारमा प्रयोग गर्न सकिनेछ। नयाँ नोट आउँदैमा पुराना नोट साट्नुपर्ने वा तिनको मूल्य समाप्त नहुने बैंकले स्पष्ट पारेको छ ।
बैंकले यस्तै प्रकारका परिवर्तनहरू भविष्यमा अन्य मूल्यवर्गका कतारी नोटहरूमा पनि क्रमशः लागू गरिने जनाएको छ। यसअघि सन् २०२५ मा १ रियालको नोटमा पनि यस्तै संशोधन गरिएको थियो, र त्यसबेला नै अन्य नोटहरूमा समेत परिवर्तन गरिने संकेत गरिएको थियो।
कतारको वर्तमान पाँचौं शृङ्खलाका नोटहरू पहिलो पटक सन् २०२० मा जारी गरिएका थिए, जसमा १, ५, १०, ५०, १००, २०० र ५०० रियालका नोटहरू समावेश छन्।