कतारबाट यात्रा गर्ने यात्रुका लागि पावर बैंक सम्बन्धी नयाँ नियम लागू

कतारबाट हवाई यात्रा गर्ने यात्रुहरूका लागि पावर बैंक बोक्ने सम्बन्धमा नयाँ सुरक्षा नियमहरू लागू गरिएको छ। कतार नागरिक उड्डयन प्राधिकरण तथा कतार एयरवेजले लिथियम ब्याट्रीबाट हुन सक्ने आगलागी तथा सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नियमहरू कडा बनाएका हुन्।

नयाँ व्यवस्थाअनुसार पावर बैंक अब चेक-इन ब्यागेजमा राख्न पाइने छैन। यात्रुहरूले पावर बैंक अनिवार्य रूपमा ह्यान्ड क्यारी मा मात्र राख्नुपर्नेछ।

त्यस्तै, एक यात्रुले अधिकतम दुई वटा पावर बैंक मात्र बोक्न पाउने व्यवस्था गरिएको छ। साथै प्रत्येक पावर बैंकको क्षमता १०० वाट-घण्टा भन्दा कम हुनुपर्नेछ। तोकिएको भन्दा बढी क्षमताका पावर बैंकका लागि एयरलाइन्सको विशेष स्वीकृति आवश्यक पर्न सक्ने जनाइएको छ।

नियमअनुसार विमान उडानको क्रममा पावर बैंक प्रयोग गरी मोबाइल वा अन्य विद्युतीय उपकरण चार्ज गर्न पाइने छैन। पावर बैंक आफैं चार्ज गर्न समेत निषेध गरिएको छ। यसका अतिरिक्त, क्षतिग्रस्त, फुलेको, अत्याधिक तातेको वा निर्माता कम्पनीले रिकोल गरेको पावर बैंक विमानमा लैजान नपाइने बताइएको छ।

कतार एयरवेजले यात्रुहरूलाई यात्रा अघि आफूले बोक्ने पावर बैंकको क्षमता तथा अवस्थाबारे सुनिश्चित गर्न आग्रह गरेको छ। सुरक्षा नियमको उल्लङ्घन गरेमा पावर बैंक जफत हुन सक्ने तथा यात्रामा समस्या आउन सक्ने चेतावनी पनि दिइएको छ।
विशेषज्ञहरूका अनुसार लिथियम ब्याट्रीबाट हुने आगलागीका घटनाहरू विश्वभर बढ्दै गएकाले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा यस्ता सुरक्षा उपायहरूलाई प्राथमिकता दिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
53
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button