रस लाफान दुर्घटना : ५४ जना घाइते, १८ जना बेपत्ता

रस लाफान औद्योगिक क्षेत्रमा भएको कारखाना विस्फोट घटनापछि हराइरहेका १८ जनाको खोजी तथा उद्धार कार्य तीव्र बनाइएको कतारको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विशेष खोज तथा उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन् र बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी छ।
यसअघि आइतबार राति रस लाफान क्षेत्रमा रहेको एक कारखानामा आन्तरिक विस्फोट भएको थियो। प्रारम्भिक विवरणअनुसार कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै सम्पर्कविहीन रहेका छन्। आपतकालीन सेवा, सिभिल डिफेन्स, एम्बुलेन्स तथा सुरक्षा निकायहरू घटनास्थलमा सक्रिय रूपमा परिचालित छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
4
मनपर्यो
0
खुसी लाग्यो
141
दुःख लाग्यो
30
रुन मन लाग्यो
3
हाँसो लाग्यो
4
रीस उठ्यो