अर्को सूचना नआएसम्म समुद्री गतिविधिमा रोक
कतारको यातायात मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका समुद्री यात्रा तथा समुद्री गतिविधि अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा देशको सुरक्षा अवस्था तथा सम्बन्धित निकायहरूसँगको समन्वयलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उल्लेख गरिएको छ।
यस अवधिमा मनोरञ्जनात्मक डुंगा, माछा मार्ने गतिविधि, निजी जलयान तथा अन्य समुद्री गतिविधिहरू सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

मन्त्रालयले समुद्रमा रहेका सबै जलयानका सञ्चालक तथा सम्बन्धित पक्षलाई आधिकारिक निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। साथै, परिस्थितिको निरन्तर मूल्याङ्कन भइरहेको र अवस्था सामान्य भएपछि थप जानकारी सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
13
मनपर्यो
65
खुसी लाग्यो
7
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
1
रीस उठ्यो