जुलाई महिनाका लागि कतारमा इन्धनको नयाँ मूल्य सार्वजनिक

कतार इनर्जीले जुलाई २०२६ महिनाका लागि इन्धनको नयाँ खुद्रा मूल्य सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको नयाँ मूल्यअनुसार जुलाई १ देखि प्रिमियम पेट्रोल (९१) प्रति लिटर २.०५ , सुपर पेट्रोल (९५) प्रति लिटर २.१० तथा डिजेल २.०५ रियाल प्रति लिटरमा बिक्री हुनेछ।
इनर्जीको अनुसार जुलाई महिनामा प्रिमियम पेट्रोलको ०.०५ दिरहाम बढेेकाे र अन्यको मूल्य यथास्थितिमै रहेको छ ।
कतारमा इन्धनको खुद्रा मूल्य प्रत्येक महिना अन्तर्राष्ट्रिय तेल बजारको अवस्था र मूल्य प्रवृत्तिलाई आधार मानेर पुनरावलोकन गरी निर्धारण गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार जुलाई महिनाका लागि नयाँ मूल्य लागू गरिएको कतार इनर्जीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
4
मनपर्यो
22
खुसी लाग्यो
2
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
5
रीस उठ्यो