कतारमा चार दिन राष्ट्रिय शोक घोषणा

कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनपछि अमिरी दिवानले देशभर चार दिन राष्ट्रिय शोक घोषणा गरेको छ।
राष्ट्रिय शोक अवधिभर सबै सरकारी निकाय तथा सार्वजनिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। साथै, सरकारी कार्यालयहरूमा शोकका कार्यक्रमबाहेक अन्य औपचारिक गतिविधि स्थगित गरिने जनाइएको छ।
शेख हमद बिन खलिफा अल थानीले सन् १९९५ देखि २०१३ सम्म कतारको शासन सम्हालेका थिए। उनको नेतृत्वमा कतारले ऊर्जा, शिक्षा, पूर्वाधार र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको मानिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
6
मनपर्यो
3
खुसी लाग्यो
111
दुःख लाग्यो
72
रुन मन लाग्यो
0
हाँसो लाग्यो
13
रीस उठ्यो