कतारमा ड्रोन सञ्चालनसम्बन्धी नयाँ कानुन लागू

कतारले मानवरहित हवाई साधन (ड्रोन) सञ्चालनलाई व्यवस्थित गर्न सन् २०२६ को कानुन नम्बर १० लागू गरेको छ। न्याय मन्त्रालयले उक्त कानुन सरकारी राजपत्रमा प्रकाशित गरेको हो। नयाँ कानुनले ड्रोनको सुरक्षित प्रयोग, हवाई क्षेत्रको सुरक्षा तथा प्रविधिको जिम्मेवार प्रयोग सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

नयाँ कानुनअनुसार नागरिक उड्डयन प्राधिकरणले ड्रोनको अनुमति, इजाजतपत्र नवीकरण, सञ्चालन क्षेत्र, अधिकतम उडान उचाइ, आयात–निर्यात तथा नियमनको जिम्मेवारी सम्हाल्नेछ।

कानुन उल्लङ्घन गर्नेहरूलाई चेतावनी, इजाजतपत्र निलम्बन वा कम्पनी बन्दसम्मको प्रशासनिक कारबाही गर्न सकिने व्यवस्था छ। गम्भीर उल्लङ्घनमा सात वर्षसम्म कैद, तीन लाख कतारी रियालसम्म जरिवाना, वा दुवै सजाय हुन सक्नेछ। साथै, प्रयोग गरिएको ड्रोन तथा सम्बन्धित उपकरण जफत गरिने व्यवस्था पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
16
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button