कतारमा सीमित क्षेत्रमा जलयान सञ्चालन गर्न पाइने

कतारको यातायात मन्त्रालयले तत्काल प्रभावबाट करिब ७ समुद्री माइल क्षेत्रभित्र सबै प्रकारका जलयान तथा जहाजको समुद्री आवागमन पुनः सञ्चालन गर्न अनुमति दिएको छ। यो व्यवस्था लुसेल सिटी (यसका बन्दरगाह, एन्करेज र समुद्री सुविधासहित) देखि पूर्वतर्फ हमाद बन्दरगाहसम्म तथा पश्चिमतर्फ उम्म हिश क्षेत्रदेखि दोहा–सल्वासम्म लागू हुनेछ।
मन्त्रालयले अन्तर्राष्ट्रिय समुद्री महासन्धिअन्तर्गत सञ्चालन हुने जलयानहरू यस व्यवस्थाबाट प्रभावित नहुने जनाएको छ। साथै, सबै जलयान सञ्चालकलाई प्रचलित समुद्री नियम तथा निर्देशनको पूर्ण पालना गर्न, यात्रा अघि र यात्राका क्रममा आवश्यक सुरक्षा सामग्री अनिवार्य रूपमा साथमा राख्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
3
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो