कतार एयरवेजको प्रष्टिकरण : अफर आधिकारिक माध्यमबाट मात्र

कतार एयरवेजले ग्रीष्मकालीन विशेष छुट अफरबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति स्पष्टीकरण दिँदै यात्रुलाई आधिकारिक माध्यमबाट मात्र जानकारी लिन आग्रह गरेको छ। कम्पनीले विभिन्न मूल्य र छुटसम्बन्धी समाचारबारे ग्राहकबाट धेरै जिज्ञासा आएपछि यस्तो प्रष्टिकरण जारी गरेको हो ।

एयरलाइन्सका अनुसार छुट अफर हाल पनि कम्पनीका बिक्री कार्यालय, मान्यता प्राप्त ट्राभल एजेन्सी तथा आधिकारिक वेबसाइटमार्फत उपलब्ध छ। यसअन्तर्गत प्रथम र बिजनेस श्रेणीका टिकटमा २० प्रतिशतसम्म, इकोनोमी श्रेणीमा २५ प्रतिशतसम्म छुट तथा प्रिभिलेज क्लब सदस्यलाई सबै श्रेणीका टिकटमा ५० प्रतिशत अतिरिक्त एभियोस अंक प्रदान गरिनेछ ।

यो अफर जुलाई ३०, २०२६ सम्म बुकिङ गर्ने र डिसेम्बर १०, २०२६ सम्म यात्रा गर्ने यात्रुका लागि लागू हुने कम्पनीले जनाएको छ। साथै, छुट कम्पनीले तोकेका सर्त तथा नियमअनुसार मात्र उपलब्ध हुने भएकाले यात्रुहरूलाई मूल्य र अफरसम्बन्धी जानकारी आधिकारिक वेबसाइट, बिक्री कार्यालय वा मान्यता प्राप्त ट्राभल एजेन्सीमार्फत मात्र लिन कतार एयरवेजले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
43
मनपर्‍यो
खुसी लाग्यो
66
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button