जहाजमा लुकाएर ल्याइएका ठूलो परिमाणका सुर्तीजन्य पदार्थ बरामद

कतारको भन्सार विभागले  समुद्री मार्ग हुँदै जहाजमा लुकाएर देशभित्र भित्र्याउन खोजिएका ठूलो परिमाणका सुर्तीजन्य पदार्थ बरामद गरेको छ।

भन्सार प्राधिकरणका अनुसार दोहा बन्दरगाह तथा उत्तरी बन्दरगाहका भन्सार अधिकारीहरूले जहाजभित्र बनाइएका गोप्य कोठामा लुकाइएका १ हजार ६५० किलोग्राम सुर्ती र २२ हजार ५ वटा चुरोटका बट्टा बरामद गरेका हुन्।

भन्सार अधिकारीका अनुसार भन्सार शुल्क छल्ने तथा निरीक्षण प्रक्रियाबाट बच्न जहाजको गोप्य भागमा ती सामग्री लुकाइएको थियो, जुन कतारको भन्सार कानुन तथा नियमावलीविपरीत रहेको जनाइएको छ। प्राधिकरणले यस घटनालाई सीमाना सुरक्षा तथा तस्करी नियन्त्रणमा भन्सार अधिकारीहरूको निरन्तर सतर्कताको उदाहरण भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
49
मनपर्‍यो
खुसी लाग्यो
15
खुसी लाग्यो
दुःख लाग्यो
10
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
9
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button