विदेशबाट फर्किने नेपालीलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको विशेष चेतावनी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृतिमा काम गरी नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करको प्रलोभनमा नपर्न विशेष आग्रह गरेको छ।

पछिल्लो समय आर्थिक लाभको प्रलोभन देखाई सुन, बहुमूल्य धातु तथा अन्य सामग्री नेपाल ल्याउन लगाउने प्रयास बढेकाले यस्ता गतिविधिबाट टाढा रहन सुरक्षा कार्यालयले अनुरोध गरेको हो।कार्यालयले अपरिचित व्यक्तिले दिएको झोला, ब्याग वा कुनै पनि सामान आफ्नो जिम्मामा बोकेर नेपाल नल्याउन आग्रह गरेको छ। खरिद बिल वा अन्य कागजात भएको भन्दै कानुनी जिम्मेवारीबाट उन्मुक्ति पाइन्छ भन्ने भ्रममा नपर्न पनि सचेत गराइएको छ।

सुरक्षा कार्यालयका अनुसार विमानस्थलमा हुने सुरक्षा जाँचका क्रममा अवैध रूपमा सुन वा अन्य प्रतिबन्धित सामग्री बोकेको पाइए कानुनबमोजिम कारबाही हुने भएकाले यात्रुले विशेष सावधानी अपनाउनुपर्नेछ। साथै, विमानस्थलमा शंकास्पद गतिविधि वा प्रलोभन दिने व्यक्तिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
16
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
Back to top button